एमालेबाट एकैपटक ६२ जनालाई कारबाही

१४ भदौ, कपिलवस्तु – नेकपा (एमाले) कपिलवस्तुले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै एकैपटक ६२ जनालाई कारबाही गरेको छ ।

CPN-UML-party-officeकारबाहीमा जिल्ला नेतादेखि साधारण सदस्यसमेत परेका छन् । कारबाहीस्वरुप केहीलाई जिल्ला कमिटीबाट हटाइएको छ भने केहीलाई निलम्बन गरिएको छ ।

जिल्ला कमिटी र सल्लाहकार परिषद्का सदस्य पूर्णचन्द्र परियार, फूलकुमारी श्रेष्ठ, खम्बबहादुर शाहलाई जिल्ला कमिटीबाट निलम्बन गरिएको छ ।

त्यस्तै, बलराम भुसाल, मनेश्वरी श्रेष्ठलाई पार्टी कमिटीबाट निष्काशन गरिएको छ । त्यस्तै गरी रामबहादुर गन्धर्वलाई पार्टी कमिटीबाट निलम्बन गरिएको छ ।

यसैगरी, १५ जनालाई पार्टीबाट निष्काशन समेत गरिएको पार्टी सचिव बाबुराम आचार्यले जानकारी दिए । जिल्ला कमिटी कपिलवस्तुले उनीहरुलाई पार्टी विधानको धारा ४९ को दफा क ३ र ८ बमोजिम कसुरको आधारमा कारबाही गरिएको पार्टीका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिए ।

बैठकले आगामी माघसम्मको कार्ययोजना समेत तय गरेको छ । साथै, बैठकले जिल्ला कमिटी सदस्य र नगर संगठन कमिटीमा केहीलाई मनोनयन पनि गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने