उत्तर कोरियाको मिसइल परीक्षणपछि अमेरिकामा खैलाबैला

missile-test

२१ असार , एजेन्सी । उत्तर कोरियाले लामो दुरीमा मार हान्न सक्ने मिसाईल परिक्षण गरे पछि अमेरिकासहितका शक्ति राष्ट्रमा खैलाबैला मच्चिएको छ ।

हिजो सामान्य मिसाइलको परीक्षण भएको दाबी गरेको अमेरिकाले आज एक महादेशबाट अर्को महादेशमा आणविक हतियारसहित मार हान्न सक्ने ईन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको उत्तर कोरियाले सफल परीक्षण गरेको जनाएको हो ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले जारी गरेको लिखित बक्तत्वमा उत्तरबाट अमेरिकालाई खतरा बढेको पुष्टि भएको उल्लेख गरेको बिबिसीले जनाएको छ । उत्तर कोरियाको पछिल्लो कदमलाई अमेरिकाले अन्तर्राष्ट्रिय सुरक्षा खतराको रुपमा ब्याख्या गरेको छ ।

विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाली कदमले अमेरिका तथा पुरै विश्वलाई खतरामा पारेको प्रतिक्रिया दिएका छन् । उत्तरले हिजो परिक्षण गरेको मिसाईलले यो मिसाईलले क्यानडाको पुरै भाग र अमेरिकाको अलास्कासहितको केही राज्यसम्म मार हान्न सक्ने समाचारमा उल्लेख छ ।

उत्तरले लामो दुरीमा मार हान्न सक्ने मिसाईल परीक्षण गरे पनि यसका लागि आवश्यक आणविक हतियार भने उसँग नभएको अमेरीकी दाबी छ । यसैबिच अमेरिकाले उत्तर कोरियाकोको पछिल्लो कदमको बिषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालिन बैठक डाकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण