आरआरमा आज स्ववियु चुनाव, अदालतको दुरुपयोग: क्रान्तिकारी

RR_campus-58d9c3c1c302b3.40430384काठमाडौं : थुप्रै विद्यार्थी संगठनको विरोधका बाबजुद मंगलबार भृकुटीमण्डपस्थित आर.आर क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । गत फागुन १९ गते हुनुपर्ने निर्वाचन २३ गतेका लागि सारिएको थियो । निर्वाचन आचारसंहिता लागु भएकोले स्ववियु निर्वाचन गर्न नमिल्ने भन्दै प्रशासनले निर्वाचन रोकेको थियो । यही चैत २ गते आरआरका एमाले निकट अखिलका उमेदवार तपेन्द्रबहादुर शाहीले हालेको रिटमा सर्वोच्च अदालतले निर्वाचन गराउन आदेश दिएको थियो ।

एकतर्फी रुपमा निर्वाचन गराउँन लागेको भन्दै एमाओवादी निकट अखिल क्रान्तिकारी लगायत अन्य विद्यार्थी संगठनले भने निर्वाचन बहिस्कार गरेका छन् । अन्नपूर्णसँग कुरा गर्दै अखिल क्रान्किारीका उपाध्यक्ष अनिल शर्माले आफूहरुलाई झुक्याएर क्याम्पस प्रमुख र एमाले अखिलले स्ववियु निर्वाचन गर्न लागेको आरोप लगाए ।

आफ्नो संगठनका कतिपय उमेदवार रोजगारीका लागि विदेश गएको, कोही गाउँ गएको र कोही परीक्षाको तयारीमा लागिरहेको अवस्थामा कुनै छलफल नै नगरी निर्वाचन घोषण गरिएकोले त्यसको विरोध र बहिस्कार गरेको शर्माले जानकारी दिए । सर्वोच्चमा समेत अखिलले गलत सूचना दिएर रिट हाली अदालतको दुरुपयोग गरेको उनको जिकिर छ । निर्वाचनको एकदिन अधिमात्रै चोरबाटोबाट नेविसंघको उमेदवारी दर्ता गर्नु अदालतको आदेश विपरित रहेको शर्माले बताए ।

नेविसंघले भने हिजो मात्रै उमेदवारी दर्ता गरेर निर्वाचनमा भाग लिन लागेको छ । पहिला आफ्नो संगठनको उमेदवारी दर्ता नभएकोले विरोध गरेको र अहिले उमेदवारी दर्ता भएकाले निर्वाचनमा भाग लिन लागेको नेविसंघका केन्द्रीय सदस्य डम्बर जोसीले बताए । साभार:अन्नपुर्णपोस्ट

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने