आरआरमा अनेरास्ववियुको प्यानलै विजयी, ३५८१ मतदातामा १२७८ मत खस्यो

RR_campus-58d9c3c1c302b3.40430384
१० डिएसपीसहित ४८० प्रहरीको घेरामा आरआरमा स्ववियु चुनाव
उपत्यकाका विभिन्न प्रहरी युनिटका १० डिएसपीसहित ४८० सुरक्षाकर्मीको घेरामा रत्नराज्यलक्ष्मी क्याम्पस ९आरआर० को स्ववियु चुनाव सम्पन्न भएको छ । मंगलबार दिनभर नेपाल प्रहरीका नौ डिएसपीसहित ३५० र सशस्त्रका एक डिएसपीसहित एक सय ३० गरी ४८० प्रहरी सुरक्षाका लागि खटिएका थिए ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख ९एसएसपी० छविलाल जोशीका अनुसार उपत्यकाका विभिन्न युनिटबाट ३५० नेपाल प्रहरी खटिएका थिए । एसएसपी जोशी आफैं पनि क्याम्पसको सुरक्षामा खटिएका थिए । परिसरका डिएसपी वसन्त रजौरेको अप्रेसन कमान्डमा ठूलो सुरक्षा घेरामा स्ववियु चुनाव सम्पन्न भएको थियो । बुथको सुरक्षादेखि विभिन्न तहमा गरी पद्मोदय मोडसम्म सुरक्षाकर्मी खटिएका थिए ।

यी हुन् चुनावमा खटिने डिएसपी
आरआरको चुनावमा सुरक्षाका लागि महानगरिय प्रहरी परिसरका अप्रेसन कमान्डर बसन्त रजौरे, सिंहदरबार वृत्तका मनोहार भट्ट, महाराजगन्ज वृत्तका गोविन्द पुरी, गौशाला वृत्तका नवराज कार्की, थानकोट वृत्तका कृष्ण पंगेनी, नगर प्रहरी इन्चार्ज रमेश थापा, बानेश्वर वृत्तका नारायण चिमोरिया, लैनचौर वृत्तका सोमन्द्रसिंह राठौर, बालाजु वृत्तका सन्तोष तामाङ फिल्डमा खटिएका थिए । बालाजुका डिएसपी तामाङको विद्यार्थीसँगको झडपमा औंलामा चोट लागेपछि उनको ठाउँमा महाराजगन्जका डिएसपी पुरी खटिएका थिए।

त्यसैगरी, सशस्त्रका डिएसपी रविचन्द्र बज्राचार्य दिनभर चुनावमा खटिएका थिए । बेलुकीको मतगणनामा वौद्ध वृत्तका डिएसपी विपिन रेग्मी र स्वयम्भू वृत्तका डिएसपी कोमल शाहसमेत खटिएका थिए ।

३५८१ मतदातामा १२७८ मत खस्यो
निर्वाचनमा एक हजार दुई सय ७६ मत खसेको छ । साँझ ५ बजेसम्मको मतदानको समयभित्र तीन हजार ५ सय ८१ मतदातामध्ये एक हजार दुई सय ७६ मात्र मत खसेको हो ।

निर्वाचन कमिटी प्रमुख प्रा। हरिप्रसाद पराजुलीले मत कम खस्नुमा धेरै कारण रहेको बताए । उनले सबै विद्यार्थी संगठनको सक्रिय सहभागिता नरहनु, बिहानको समयमा क्याम्पस बाहिर तनावको स्थितिलगायतका कारण कम मत खसेको बताए । चुनावमा पाँचवटा विद्यार्थी संगठन सहभागी भएका थिए । चारवटा संगठन एकल र एउटा संयुक्त प्यानल चुनावमा रहेको थियो । केही संगठनले चुनावमा भाग नलिने बताएका थिए ।

२३ फागुनमा चुनाव गर्ने तयारी भए पनि स्थानीय तहको चुनावको घोषणा भएकाले आचारसंहिता लाग्ने भन्दै रोकिएको चुनाव सर्वोच्च अदालतको आदेशपछि मंगलबार सम्पन्न भएको हो ।

आरआर क्याम्पसमा अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्यासी तपेन्द्रबहादुर शाहीले निर्वाचनको माग गर्दै रिट दायर गरेका थिए । अध्यक्ष पदका उम्मेदवार शाहीको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले घोषित निर्वाचन रोक्नुपर्ने कुनैे ठोस कारण नरहेकोे आदेश दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले निर्वाचन गर्न २ चैतमा अन्तरिम आदेश दिएको हो ।
गत १८ फागुनमा त्रिविले तोकेको मितिमा स्ववियु निर्वाचन नभएपछि आरआर क्याम्पसले २३ फागुनमा निर्वाचन गर्ने मिति तोकेको थियो । तर, स्थानीय तह निर्वाचन आचारसंहिताले रोक लगाएको भन्दै स्ववियु निर्वाचन स्थगित भएको थियो । विद्यार्थीहरू निर्वाचनमा मतदान गर्न सहभागी भए पनि प्रहरीको हस्तक्षेपले निर्वाचन स्थगित भएको थियो ।

ढुंगामुढा र प्रेट्रोल बमले क्याम्पस बाहिर त्रास
आरआर क्याम्पसमा मतदान सुरु भएदेखि नै तनाव सुरु भएको थियो । बिहान ८ बजेतिर स्ववियु चुनावको विरोधमा रहेको विद्यार्थी समूह र प्रहरीबीच झडप भएको थियो । ढुंगामुढा गर्नेक्रममा केही प्रदर्शनकारी विद्यार्थी र प्रहरीसमेत घाइते भएका थिए । झडपका क्रममा विद्यार्थीले घाइते भएको दाबी गरे पनि प्रहरीले भने विद्यार्थीहरू घाइते नभएको दाबी गरेको छ । आन्दोलनकारीले बिहान १० बजेतिर पेट्रोल बमसमेत हानेका थिए । पेट्रोल बम हानेको विषयमा कसैले पनि जिम्मेवारी लिएको छैन ।

महानगरीय प्रहरी परिसरका एसएसपी जोशीका अनुसार तीनवटा सिसिमा पेट्रोल बम प्रहार गरेका थिए । चुनावको विरोधमा रहेको पक्षले पेट्रोल बम प्रहार गरेको आशंका गरिए पनि त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जोशीका अनुसार मंगलबारको झडपमा डिएसपी तामाङ सहित तीन प्रहरी सामान्य घाइते भएका छन् । ‘प्रहरीले धेरै संयमित भएर काम ग¥यो, विद्यार्थी कोही पनि घाइते छैन,’ उनले भने ।

अहिले पीडा कम भएको छ
प्रा. हरिप्रसाद पराजुली, निर्वाचन प्रमुख
चुनावको विषयमा धेरै दबाब आए । २३ फागुनभन्दा अघि चुनाव नगराउन र त्यसपछि चुनाव गराउन दबाब आयो । सर्वोच्चको आदेशपछि चुनाव गराउनै पर्ने भयो । विभिन्न आरोहकोे बीचमा पनि शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएकामा म पीडामुक्त भएको छु । यति मेहनत गर्दा पनि चुनाव नभएको भए सधंैका लागि पीडा हुन्थ्यो, असफल भएँ भन्ने चिन्ता भइरहन्थ्यो । विद्यार्थी संगठनहरूबीचमा सहमति नहुँदा कम मत खसेको छ । बिहान क्याम्पस बाहिरको तनावले पनि विद्यार्थीहरू कमै आए । विभिन्न घटनाका बीचमा पनि यति धेरै मत खस्नु राम्रो पक्ष हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने