२४ साउन, महोत्तरी । विद्यार्थीलाई भारतमा बन्धक बनाई बलात्कार गरेको आरोपमा महोत्तरीमा एक शिक्षक पक्राउ परेका छन । पक्राउ पर्ने शिक्षक औरही गाउँपालिका १ का २८ वर्षीय प्रमोद महतो रहेका छन् ।

श्रीप्रसाद सिंह उच्च मावि औरहीको कक्षा ८ मा अध्ययनरत १४ बर्र्षीया छात्रालाई महतोले लामो समयदेखि यौनशोषण गर्दै आएको आरोप परिवारको छ । महतोले साउन १७ गते बालिकालाई भारतको सीतामढीस्थित साथीको घरमा बन्धक बनाएर राखेको अवस्थामा फेलापरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

आफन्तको उजुरीका आधारमा प्रहरीले आरोपी महतोसहित ती बालिकालाई सितामढीबाटै उद्धार गरी नेपाल ल्याएको हो । पक्राउ परेका शिक्षक महतोलाई इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा राखिएको छ ।उनीविरुद्ध बलात्कार तथा जीउमास्ने बेच्ने उद्योगमा मुद्दा दर्ता गरि कारवाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।