आफ्नै भूमिमा केन्यासँग यसरी हार्‍यो नेपाल

 

ljZj lnu lqms]6 RoflDkogl;kg]kfnL lqms]6 6f]nLn] gfldlaof;Fu ljZj lnu lqms]6 RoflDkogl;kcGtu{t zlgaf/ t];|f] r/0fsf] v]ndf ljhoLkl5 g]kfnL lqms]6 6f]nL . tl:a/ M /f]zg ;fksf]6f, /f;;

विश्व लिग क्रिकेट च्याम्पियनसिपनेपाली क्रिकेट टोलीले नामिबियासँग विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत शनिबार तेस्रो चरणको खेलमा विजयीपछि नेपाली क्रिकेट टोली । तस्बिर: रोशन सापकोटा, रास

फागुन २८, काठमाडौं– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ ।
घरेलु टोली नेपाल कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा केन्यासँग ५ विकेटले पराजित भएको हो ।

तीन पटकसम्म ओभर घटाएर अन्तिममा २६ ओभर कायम गरिएको खेलमा केन्याले जितका लागि ९४ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य २४ ओभर १ बलमा केन्याले ५ विकेटको क्षतिमा हासिल गर्यो ।
घरेलु मैदानमा समर्थकहरुको बाक्लो उपस्थितिलाई नेपाली टोलीले निराश पारे । बिहानैदेखि समर्थकहरु पानीको समेत परबाह नगरी नेपाली टोलीको हौसला बढाउन कीर्तिपुर पुगेका थिए ।
हारसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना कठीन बन्दै गएको छ । ९ खेल खेलेको नेपालको जम्मा ६ अंक रहेको छ भने छैटौं स्थानमा रहेको छ । यस्तै केन्या १० अंकसहित पाँचौं स्थानमा रहेको छ । शीर्ष ४ मा रहने टोली विश्वकप छनोटको अर्को चरणमा प्रवेश गर्नेछन् ।

आजको खेल वर्षाका कारण पटक पटक रोकिँदै सुचारु हुँदै आएको थियो भने बिहान ९ बजेदेखि सुरु हुने भनिएको खेल साढे ११ बजेदेखि सुरु भएको थियो ।
निर्धारित ५० विकेटको खेललाई घटाएर ३८ ओभरमा झारिएर सुचारु गरिएको खेलमा नेपालले ८ विकेटको क्षतिमा ३६ ओभरमा ११२ रन बनाएर खेल्दै थियो । तर त्यही बेलामा पानी पर्न थालेपछि आइसीसीले घटाएर २९ ओभरको खेल कायम गर्यो ।
सो पछि नेपालको १०४ रनको लक्ष्य पाएको केन्याले २१ दशमलब २ बलमा ५ विकेट गुमाउँदै ८० रन बनाएर खेल्दै गर्दा पुन खेल रोकिन पुगेको थियो भने केहिबेरको वर्षापछि खेल पुन सुचारु गरिएको थियो ।
त्यसपछि ओभर घटाएर २६ कायम गरिएको थियो भने केन्याको लक्ष्य ९४ कायम गरिएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालका लागि ज्ञानेन्द्र मल्लले २७, दीपेन्द्र सिंह ऐरीले १९ र सागर पुनले १० रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

यस्तै शक्ति गौचन र सोमपाल कामी क्रमशः १८ र १५ रन बनाएर खेल्दै गर्दा पानी पर्न पुगेको हो । बलिङ तर्फ केन्याका सेम नेगोचीले सर्वाधिक तीन विकेट लिए ।
यस्तै केन्याको जितमा रकिप पट्टेलले सर्वाधिक ३४ रनको योगदान दिए भने कोलिन्सले २४ रनको योगदान दिँदा अरु ब्याट्समान भने खासै चल्न सकेनन् ।

यसअघि तीन पटक एकदिवसीय विश्वकपसमेत खेलिसकेको केन्या नेपालभन्दा अनुभवी टोली हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति