आज यी स्थानमा बाढीको खतरा

काठमाडौं, भदाै १०ः देशका केही नदीमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ । बहाव बढ्दा बाढीको जोखिम हुन सक्ने औँल्याइएको छ । बाढी पूर्वानुमान महाशाखाले विशेषगरी उदयपुर, काठमाडौं उपत्यका, सिन्धुली, दाङलगायत भई बहने स–साना नदी आसपास क्षेत्रमा बाढीको उच्च जोखिम हुन सक्ने जनाएको छ ।

आज नारायणी र यसका सहायक नदीहरू त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी र कालीगण्डकीमा बहाव बढ्ने तथा केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती र बबईमा पनि बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । कोसी, कर्णाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

उता, जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको धौलीगंगा जलविद्युत् परियोजनाको जलाशय सफाइको लागि आज बिहान ७ देखि बेलुका ७ बजेसम्म बाँधको ढोका खोलिने भएकोले महाकाली नदीको जलसतह बढ्ने जनाएको छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, खोटाङ, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, सिन्धुली, गोरखा, लमजुङ, तनहुँ, नवलपुर कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, प्युठान, सुर्खेत, सल्यान, दैलेख, कञ्चनपुर, कैलाली, बाजुरा, बझाङ, अछाम र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न