आजको राशिफल : भदाै २४ गते, बुधबार

rashifal-friday-new-7twitter sharing buttonmessenger sharing buttonwhatsapp sharing button

वि.सं.२०७७ साल भदाै२४ गते बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–सप्तमी,३९ घडी ५७ पला,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–कृतिका,०७ घडी ३० पला,बिहान ०८ बजेर ४७ मिनेट उप्रान्त रोहिणी । योग–हर्षण,२८ घडी ०० पला,बेलुकी ०४ बजेर ५८ मिनेट उप्रान्त बज्र । करण– भद्रा,बेलुकी ०९ बजेर ०४ मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १३ मिनेट । दिनमान ३१ घडी ०७ पला । सप्तमी श्राद्ध। महालक्ष्मी व्रत समाप्ति।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेकोछ । बन्द व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धि समस्या देखापर्न सक्छ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यावसाय फस्टाएर भने लगानिको नयाँ बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुदा विदेश तथा विदेश सँगसम्बन्धित कामहरु रोकिन सक्छ । तरपनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरुका लागि भने समय फलदायि रहनेछ । बिदेशी लगानीमा सञ्चालित सस्थाबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समय देखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मनपरेको मानिसबाट चिट्ठा तथा उपाहार पाईने हुदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाइनेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता प्राप्त हुनेछ । प्रणय सम्बन्धलाई बिवाहमा परिणत गर्नको लागि आफन्तबाट आवश्यक कामहरु हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमो सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरुको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा बिशेष चासो बढ्नेछ । पढाई लेखाई तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट बिषेश सामान तथा उपाहार प्राप्त हुने योग रहेकोछ । पढाईकै शिलशिलामा लामो दुरिको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिक भई रमाउने समय रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अनाबश्यक बिषयमा बिवादमा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आई दैनि कामहरु प्रभावित हुने हुनाले आर्थिक संकटको सामना गर्नु पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिँदि बहिनीसँग सामान्य कुरामा मनमुटा बढ्नेछ । माया प्रेममा गोप्य कुरा मनमा राख्न नसक्दा मनमुटाब बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिभिन्न कारणले कामहरु रोकिन सक्छ ध्यान दिनुहोला । व्यावसायमा भनेजस्तो आम्दानि नहुने तथा साझेदारि व्यावसायमा लगानि गर्नेहरुले ध्यान दिनुहोला साझेदारहरु बिच मनमुटाब सिर्जना हुनेछ । व्यवसायिक यात्रा हुने भएपनि बाटोमा दुख पाइने तथा अनावस्यक ठाउँमा खर्च हुनेछ । प्रेममा नचाहादा नचाहाँदै एक अर्काबिच छुट्टिनु पर्दा मन खिन्न हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउने हुनाले खुसीले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईँसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानि हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र तथा बित्तीय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रुपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेकोछ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपाहार प्राप्त हुने योग रहेकोछ । आफन्त तथा छोरा छोरीसँगको सम्बन्ध अझ राम्रो हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) घर जग्गा तथा पैत्रिक सम्पतिमा बिवाद बढ्ने ग्रहयोग रहेकोेछ भने सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घट्ना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईँको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुने हुदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरिको परिणाममुखि यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरुले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाँफा कमाउन सकिनेछ । माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियालि छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाई तथा अन्य इष्टमित्रबाट सहायोग हुने हुँदा मन खुसी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द