आइजिपी बन्न प्रकाश अर्यालको दौड, तीन पटकसम्म शेरबहादुरको दैलोमा, प्रचण्ड मनाउने हतकण्डा फेल

prakash-aryal

काठमाडौं, नेपाल प्रहरीका डिआइजी तथा ट्राफिक प्रहरी प्रमुख प्रकाश अर्याल आइजिपी बन्ने चक्करमा राजनीतिक दलका नेताहरुको घरदैलोमा पुग्न थालेका छन् ।

अर्यालले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग तीन पटकसम्म भेट गरिसकेका छन् । ‘मैले तीन पटकसम्म शेरबहादुर दाइलाई भेटिसकेँ, तर केही उपलब्धि भएको छैन,’ उनको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘पछिल्लो भेट अलि सकारात्मक भएको जस्तो आभास भएको छ ।’

अर्यालले शुक्रबार विहान पनि कांग्रेस सभापति शेरबहादुर देउबालाई भेटेका थिए । देउबा निवास बुढानिलकण्ठमा निलो स्कोरपिओ चढेर पुगेका अर्यालले आफूलाई आइजिपी बनाउँन दबाव दिएका थिए ।

विशेष स्रोतका अनुसार उनले आईजिपी बनाई पाउँ भन्दै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग समेट पटकपटक भेटेका छन् । तर, प्रधानमन्त्री प्रचण्ड भने यसअघि सरकारले नियुक्त गरेको आइजिपी जय बहादुर चन्दको पक्षमा छन् ।

सर्वोच्च अदालतले फैसला गरेको बरियता क्रममा अर्याल दोस्रो नम्बरमा रहेका छन् । तर, सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको र बरियता क्रममा डिआइजी प्रकाश अर्याल पहिलो नम्बरमा रहेको प्रमाण गृह मन्त्रालय तथा लोकसेवा आयोगमा भेटिएको रिपोर्ट सार्वजनिक भएको थियो ।

प्रहरीको इन्सपेक्टरमा समेत पहिलो नम्बरमा नाम निकालेका अर्याल अब्बल प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।

सर्वोच्च अदालतले नेपाल प्रहरीको आइजिपी नियुक्ती प्रक्रियामा हात हालेपछि यतिबेला प्रहरी संगठनमा अन्यौलता छाएको छ । सरकारले यसअघि जय बहादुर चन्दलाई नेपाल प्रहरीको आइजिपीमा नियुक्त गरेको थियो । तर, सर्वोच्च अदालतले सरकारको निर्णय बदर गरेको थियो ।

नेताहरुसँगको भेटघाटको विषयमा प्रतिक्रियाको लागि अर्यालसँग सम्पर्क गर्दा उनले आफू छलफलमा व्यस्त रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द