अर्जुनबन्धु रेग्मीको दादागिरी,निर्माणकार्यको पैसा माग्दा ज्यानमार्ने धम्की


११असोज,काठमाडौं ।
सिन्धुज्वाला हाईड्रोका चियरम्यान अर्जुन बन्धु रेग्मीले हाइड्रोपावरको प्रिफ्याब भवन तथा मेसिनरीवाल निर्माण कार्य सम्पन्न गरेको मोक्तान कन्ट्रक्सनका संचालकलाई निर्माण कार्यसम्पन्न गरेको बिल भुक्तानी माग्दा ज्यान मार्ने धम्की दिने गरेको खबर प्राप्त भएको छ।

निर्माण कार्य सुरु भएपछि पेस्की माग्दा पेस्की समेत नदिने कार्य गर्दै आएको हाईड्रो व्यवस्थापनले निर्माण कार्य सम्पन्न पश्चात् काम गरेको रकम माग्दा मोक्तान कन्ट्रक्सनका संचालक नाम्गेल मोक्तानलाई हाईड्रोका चियरम्यान अर्जुनबन्धु रेग्मिले साफसुटरहरु प्रयोग गरेर ज्यान मार्ने धम्की दिएका हुन।

मोक्तानले बर्श ५५ का अर्जुनबन्धु रेग्मी संग शान्ती सुरक्षा पाउं भन्दै २०७८-१०-२७ मा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंमा निवेदन समेत दिएका थिए।

त्यस्तै हाईड्रोका चियरम्यान अर्जुनबन्धु रेग्मिले भाडमा प्रयोग गरेका ब्यक्तिहरुले मोक्तान कन्ट्रक्सनको करिब १५ लाख मूल्य बराबरको निर्माण सामग्री समेत लुटपाट गरेका थिए ।लुटपाट गरिएको सामाग्रीहरु फिर्ता गाग्दा रेग्मीले उल्टै ज्यान मार्ने धम्की दिनेगरेको भन्दै मोक्तान कन्ट्रक्सनको तर्फबाट महानगरीय अपराध महासाखा बानेश्वरमा उजुरी समेत परेको र  प्रहरीले दुई पक्षलाई राखेर छलफल समेत गराएको थियो।

सेयर सदस्यहरुबाट संकलन गरिएको ५४ करोड रुपैयाँ सकाउंदा मोक्तान कन्ट्रक्सनले निर्माण कार्य सम्पन्न गरेको १७ लाख रुपैयाँ पैसा काम गरेको ४ बर्श बितिसक्दा पनि नपाएको हो।काममा सहभागीनै नभएका केही स्थानीय ब्यक्तिहरु देखाएर हालका चियरम्यान अर्जुनबन्धु रेग्मी र प्रकाश रजौरे पन्छिने गरेका छन।त्यस्तै सेयर सदस्यहरूको ५४ करोड हिनामिनाको कुरा गर्दा उनिहरु पुरानो व्यवस्थापनलाई दोष लगाएर आफू पन्छिने प्रपन्च रचिरहेको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न