January 2, 2018

िनर्वाचनबाट प्राप्त जनादेशलाई रोक्ने काम निर्वाचन आयोगले गर्‍यो : बामगठबन्धन

काठमाडौं, पुस १८ । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले समानुपातिक तर्फको निर्वाचन परिणाम छिटो सार्वजनिक गर्न निर्वाचन आयोगलाई दबाव दिएका छन् । सोमबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलयात आयुक्तहरूलाई भेटेर प्रतिनिधिमण्डलले निर्वाचन परिणाम राष्ट्रियसभाको निर्वाचनसम्म नलम्ब्याउन खबरदारी व्यक्त गरे ।

आयोगसँगको छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमाले उपाध्यक्ष भीम रावलले निर्वाचन आयोगले जनमत रोक्नतिर लाग्न नहुने र निर्वाचन परिणाम अनन्तकालसम्म लम्व्याउन नहुने बताए ।

“निर्वाचन परिणाम सार्वजनिक गर्न कानुनमा कुनै वाधा छ भने, त्यो अड्चन फुकाएर पनि परिणाम सार्वजनिक गर्नुपर्छ,” उनले भने, “निर्वाचन परिणाम सार्वजनिक नगर्दा लोकतन्त्र नै खतरामा पर्छ ।”

उनले परिणाम सार्वजनिक गर्न संविधानमा कुनै बाधा अड्चन छ भने गाँठो फुकाउन संवैधानिक निकायको हैसियतले निर्वाचन आयोगले पहल लिनुपर्ने कुरा आफूहरूले राखेको जानकारी दिए ।

निर्वाचन परिणाम सार्वजनिक गर्न ढिलाइ हुँदा जनताको र विजयी राजनीतिक दलको प्रतिक्रिया के हुन्छ भनेर आयोगले सोच्नुपर्ने उनको धारणा थियो । निर्वाचनबाट प्राप्त जनादेशलाई रोक्ने र सरकार गठनको बाटो अवरुद्ध पार्ने परिकल्पना पनि कसैले गर्न नहुने उनको भनाइ थियो ।

उनले संविधान निर्माण गर्दाकै बखत निर्वाचन सम्पन्न भएको मितिले सातदिनभित्र परिणाम सार्वजनिक गर्नुपर्ने परिकल्पना गरिएको उनको तर्क थियो । जवाफमा प्रमुख निर्वाचन आयुक्तले यथाशीघ्र निर्वाचन परिणाम सार्वजनिक गर्न आयोग तत्पर रहेको बताएको उनको भनाइ थियो ।

त्यस्तै रावलले राष्ट्रियसभाको निर्वाचन अविलम्व घोषणा गर्न मागसमेत गरे । त्यसमा निर्वाचन आयोगको सकारात्मक भूमिकाको अपेक्षा गरेको उनको भनाइ थियो ।आयोगसँगको छलफलमा नेकपा एमालेका उपाध्यक्ष भीम रावल, संविधानसभाका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, एमाले नेता अग्नी खरेल, माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरा, वर्षमान पुन, रामनारायण बिडारीलगायत नेता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्