June 9, 2020

हतियारसहितको फौज सामान्य अवस्थामा सीमामा पठाइँदैन : रक्षामन्त्री

सामान्य अवस्थामा हतियारसहितको फौज सीमामा पठाइँदैन : रक्षामन्त्री जेठ २७ ,काठमाडौं । रक्षामन्त्री ईश्वर पोख्रेलले अन्तर्राष्ट्रिय सीमाहरूमा सामान्य अवस्थामा भौतिक रूपमा हतियारसहित सेना नपठाइने चलन रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

केही सांसदहरूले भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा सेना परिचालन गर्नुपर्ने बताएका थिए । सिमानाको सुरक्षामा सेना किन खटाउन सकिएको छैन ? भन्ने प्रश्नको जवाफ दिँदै उनले नेपाली सेनाको प्राथमिक दायित्व अन्तर्राष्ट्रिय सीमाको सुरक्षा हो भन्नेमा मन्त्रालय प्रस्ट रहेको बताए । शान्तिकालीन र अन्य अवस्थामा सेनाको भूमिका फरक हुने भन्दै उनले भने, “अन्तर्राष्ट्रिय प्रचलनअनुसार सामान्य अवस्थामा भौतिक रूपमा हतियारसहित अन्तर्राष्ट्रिय सिमानामा फौजहरू तैनाथ गरी सीमाको निगरानी राख्ने कार्य अर्धसैनिक फौजबाट गरिने प्रचलनअनुसार नेपालमा पनि उक्त कार्य नेपाली सेनाको समेत समन्वयमा सशस्त्र प्रहरी बलबाट गरिँदै आएको छ ।” नेपाली सेनाले अन्तर्राष्ट्रिय सिमानाको निश्चित दूरीभित्र रहेर निरन्तर सीमा सुरक्षा र निगरानीको काम गरिरहेको पनि उनले बताए । 

सिमानामा युद्ध, आक्रमण भए राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिबाट सेना परिचालन हुने संवैधानिक व्यवस्था रहेको पनि उनले संसदमा स्मरण गराए । यसरी सेना परिचालनको निर्णय भए नेपाली सेना सीमा सुरक्षामा जतिसुकै बेला खटिन तयार रहेको पनि मन्त्री पोख्रेलले बताए । 

त्यस्तै, उनले विकास निर्माण र विपत् व्यवस्थापनमा सेना परिचालन संविधानमा भएको व्यवस्थाअनुसारै भएको पनि बताए । अपरधाका घटनामा आएका विविधता, प्राकृतिक घटनामा वृद्धि, भौगोलिक सीमा सुरक्षा गर्नुपर्ने आवश्यकतालगायतको अवस्थाका कारण सेनाको संख्या घटाउनुपर्ने अवस्था नरहेको पनि उनले प्रस्ट पारे । 

फास्टट्र्याक सेनालाई किन ? 
रक्षामन्त्री ईश्वर पोखे्रलले द्रुत मार्ग (फास्ट ट्र्याक) समयमै सम्पन्न गर्न सेनालाई जिम्मा दिइएको बताए । “फास्ट ट्र्याक गेम चेन्जर आयोजना हो । तराई–मधेसलाई काठमाडौंसँग छोटो दूरीमा जोड्छ । राष्ट्रिय गौरवको आयोजना उच्च गुणस्तरका साथ सम्पन्न हुन सकोस् भनेर यसको जिम्मा सेनालाई दिइएको हो,” उनले भने । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता