फागुन–१४ । संविधान संशोधनलाई मुख्य सर्त बनाउँदै आएको मधेसी मोर्चाले गैरदलीय आधारमा स्थानीय तहको निर्वाचन गराउन दलहरुबीच समझदारी जुटेमा आफूहरु पनि सहभागी हुन सक्ने संकेत सरकारमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई दिएको छ ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले यसबारे सरकार र मोर्चाबीच केहीअघिदेखि नै छलफल चलिरहेको जानकारी दिए । ‘मोर्चाको यो मागमा कांग्रेस र माओवादी केन्द्र त सकरात्मक नै छन्,’ निधिले भने,‘तर एमालेले के गर्छ, त्यसमा निर्भर रहन्छ ।’ महेन्द्रनारायण निधिको ९५ औं जन्मजयन्ती कार्यक्रममा शुक्रबार मन्त्री निधिले विभिन्न विकल्पमध्ये गैरदलीय निर्वाचनबारे समेत छलफल चलिरहेको खुलासा गरेका हुन् ।
स्थानीय निकायलाई राजनीतिकभन्दा पनि विकास संरचनाका रुपमा अघि बढाउने सोचबाट मोर्चाले यस्तो प्रस्ताव अघि बढाएको उल्लेख गर्दै उनले भने, ‘अहिले कांग्रेस, माओवादी र मोर्चाबीच छलफल भइरहेको छ । तर यस विषयले ठोस रुप लिइसकेको छैन, थप छलफल हुँदैछ ।’ तर एमाले तयार भएको यस्तो विकल्पमा जान सम्भव रहेको उनले बताए ।
स्थानीय तहलाई गैरदलीय बनाउने मोर्चाको प्रस्ताव छिमेकी भारतको मोडलमा आधारित रहेर आएको नेताहरुको भनाइ छ । संविधानले प्रदेश र स्थानीय तह दुवैलाई अधिकारसम्पन्न बनाएको प्रति असन्तुष्टि राख्दै मोर्चाले यस्तो प्रस्ताव ल्याएको हो ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको