भूकम्पले क्षतिग्रस्त नेपाली सेनाको मुख्यालय निर्माणमा खटिएका सब कन्ट्रयाक्टर र कामदारले पैसा नपाएपछि आन्दोलनमा उत्रिएका छन् । २ वर्ष ९ महिनामा निर्माण सम्पन्न भएको उक्त भवन हस्तान्तरण भएको पनि लामो समय बितिसक्दा पनि निर्माण कार्यमा खटिएकाले भुक्तानी नपाएपछि सैनिक मुख्यालयअगाडि विरोध प्रदर्शन गरेका हुन् । आजको नेपाल समाचापत्र दैनिकमा समाचार छ ।
गत असार देखि मुख्यालय सञ्चालनमा आएको भए पनि निर्माण कार्यमा खटिएकाले भने भुक्तानी नपाएका हुन् । पैसा नपाएका कामदार र सब कन्ट्राक्टरहरुलाई नेपाली सेनाले मुख्य ठेकेदारलाई रकम भुक्तानी गरिसकेको बताएको छ भने ठेकेदारले भने सेनाले पैसा नै नदिएको बताउँदै आएपछि उनीहरु अलमलमा परेका थिए ।
उिक्त सैनिक मुख्यालय बनाउन ३ अर्ब ५१ करोडमा केसी कन्ट्रक्सनले जिम्मा लिएको थियो । निर्माणको जिम्मा केसीले साना ठेकेदारलाई दिएको थियो । तिनै साना ठेकेदारले मजदुर लगाएर गरेको कामको भुक्तानी नपाएपछि आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ ।
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड