
अब पनि सिस्टमभित्र बसिएन भने ढिला हुन्छ । सिस्टममा बसौं ।’ उनले सचिवहरु पनि मुख्यसचिवप्रति जवाफदेही हुनुपर्ने भन्दैे दायरा बाहिर नजान चेतावनी दिए ।‘यहाँ मन्त्री र सचिव मिलेपछि जे गर्न पनि सकिन्छ भन्ने रहेछ, अब त्यस्तो हुन दिन्न ।
सचिवहरुले मुख्य सचिवलाई नटरेको हो कि जस्तो लागेको छ , हो भने सुध्रनुस्, नत्र कदम चाल्छु ।’ प्रधानमन्त्रीको चेतावनी दिए । उनले जनताले राहत महसुस गर्नेगरी काम गर्न समेत निर्देशन दिएका छन् । जनताले ससाना काममा परिणाम खोजिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मन्त्री, सचिव, कर्मचारी मिलेर काम गर्नुपर्नेमा जोड दिए ।