सांसद : प्रधानमन्त्रीको भारत भ्रमण ओहोदाको प्रमाणपत्र बुझाउन मात्र हो ?

काठमाडौं २० साउन– नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवाको आशन्न भारत भ्रमणको एजेण्डा जानकारी गराउन मागग गरेको छ । व्यबस्थापिका संसदको शुक्रवार बसेको बैठकको विशेष समयमा नेमकिपा सांसद प्रेम सुवालले प्रधानमन्त्रीको भ्रमण पर्यटकीय वा ओहोदाको प्रमाणपत्र बुझाउने जस्तो हुन नहुने बताएका हुन् । 

deuba

‘प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा के के हो ? नेपालले के के पाउने र के के दिने हो ? जनताको बिचमा चर्चाको बिषय बनेको छ’ सुवालले भने, ‘प्रधानमन्त्रीको भ्रमण पर्यटकीय वा ओहोदाको प्रमाणपत्र बुझाउने जस्तो हुनु हुदैन भन्ने जनताको गुनासो छ ।’ 

प्रधानमन्त्रीको भ्रमणको एजेण्डामा पञ्चेश्वर कार्यान्वयको कुरा आएको भन्दै सुवालले देशघाती महाकाली सन्धी अनुसार पञ्चेश्वर भारतको जिम्मा लगाउने निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराए । उनले नेपालको जलस्रोत भारतलाई दिने महंगोका विजुली खारेज गर्ने खेल बन्द्य गर्नुपर्ने बताए ।

 

photo

NOC1-250x300