काठमाडौं, १ फागुन । प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुन्डा सलबलाउन थलेका छन् । प्रहरी मुठभेडमा दुई (दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैंटे’) गुन्डा नाइके मारिएपछि गुमनामजस्तै रहेका गुन्डाहरु सक्रिय भएका हुन् ।
डरले भागेका गुन्डा नाइकेहरु हाल आएर आपसमै भिड्न थालेका छन् । काठमाडौंमा शुक्रबार सुरक्षित र संवेदनशील मानिएको दरबारमार्गमा काभ्रेली समूह र राम गिरी समूहबीच भिडन्त भएको छ ।
गिरीसँग रिसइबी फेर्न मौका पर्खेका दावा भनिने जितेन्द्र लामा नेतृत्वमा रहेको समूहले आक्रमण गरेको हो । कुनै समय ठमेलमा आधार क्षेत्र बनाएर रात्रीकालिन व्यवसायको ठूलो भाग ओगटेको काभ्रेली समुहलाई गिरीले पन्छ्याउँदै गएका थिए ।
प्रहरी प्रशासनसँग नजिकको सम्बन्ध बनाएका गिरीको रात्रीकालिन व्यवसायमा केही प्रहरी अधिकारीको लगानी रहेको चर्चा हुने गरेको छ । दरबारमार्गको झडपमा गिरी घाइते भएको र लामा तथा उनका सहयोगी प्रवीण खड्का पक्राउ परेको प्रहरीले जनाएको छ ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको