September 25, 2017

सरकारको आग्रह चिकित्सक संघद्वारा अस्विकार

काठमाडौं– नेपाल चिकित्सक संघले मन्त्रिपरिषद्को आकस्मिक बैठकले विज्ञप्ती जारी गरी स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको आन्दोलनलाई कुनै ठोस प्रतिबद्धता बिना फिर्ता गराउन गरेको आग्रहलाई सरकारी गैर जिम्मेवारी भनेको छ । संघले सोमबार बेलुका विज्ञप्ति जारी गर्दै  सरकारको उक्त गैरजिम्मेवारी व्यवहारप्रति  आपत्ति प्रकट गरेको छ ।download  
संघले सरकारी प्रतिवद्धता फितलो भएको भन्दै घोषणा गरेको देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय  कायमै रहेको संघका महासचिव लोचन कार्कीले जनाएका छन् । 
सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले चिकित्सकहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर काममा फर्कन आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्केपछि बार्तामार्फत समस्या समाधान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको