संविधान संशोधन प्रस्ताव एक/दुई दिनमै निर्णयार्थ पेश हुने

काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव एकदुई दिनभित्रै निर्णयार्थ पेश गर्ने सरकारको तयारी रहेको बताएका छन् ।
  काठमाडौमा आइतबार भएको साक्षात्कारमा नेता पुनले संशोधन प्रस्ताव  टुङगो लगाउने निश्कर्षमा दलहरु पुगेको भन्दै राजपाले परिणाम स्वीकार्न तयार हुनुपर्ने बताए । 
उनले भने ‘खेलको नियम मान्नुपर्छ, हामी ईमानदारितका साथ दुई तिहाई पुर्याउने कोशिश गरिरहेका छौं, प्रस्ताव फेल वा पास जे भएपनि राजपाले मान्नुपर्छ ।’ 
नेता पुनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि संशोधन प्रस्तावमा लचिलो बन्नुपर्ने धारणा राखे । त्यस्तै उनले संशोधन प्रस्ताव पारित भए नेपालको स्वाधिनता, समृद्धि, शान्ति र स्वाभिमानमा टेवा पुग्ने उल्लेख गर्दै भने,‘एमाले र मधेशवादी दलहरु दुई कित्तामा उभिएका छन्, यीनीहरुलाई मिलाउनको लागि नै अहिलेको कांग्रेस र माओवादी केन्द्रको मध्यमार्गी गठबन्धन बनेको हो ।’

नेकपा एमालेका नेता प्रकाश ज्वालाले प्रदेश र केन्द्रको निर्वाचन एकै चरणमा गर्नको लागि आफ्नो पार्टीको सहमति रहेको स्पष्ट पारे । 
कार्यक्रममा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पनि संविधान संशोधन प्रस्तावलाई तत्काल निर्णयार्थ पेश गर्न माग गरे । यादवले उक्त प्रस्ताव निर्णयार्थ पेश गरे आफूहरु खेलको नियम मान्न तयार रहेको समेत स्पष्ट पारे । उनले भने,‘संशोधन प्रस्ताव तत्काल भोटिङमा लैजानुपर्छ, हामी परिणाम स्विकार गर्न तयार छौं, फुटबल खेलेपछि खेलको नियम हामी मान्छौं।’ यद्धपी उनले सरकारले यसको लागि गम्भिर पहल गर्नुपर्ने धारणा राखे । 
यस्तै  आपूर्तिमन्त्री मिन विश्वकर्माले एकै चरणमा निर्वाचन गराउनेगरि सरकार गृहकार्यमा लागेको बताएका छन् । कार्यक्रममा उनले भने,‘सरकारले प्रदेश र केन्द्रीय संसदको निर्वाचन एकै चरणमा गराउनेगरि छलफल सुरु गरिसकेको छ, यसमा प्रतिपक्षी दललगायत अन्य दलहरुले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् ।’ 
विश्वकर्माले दुवै निर्वाचन मंसिरको पहिलो अथवा दोस्रो हप्ता गर्नेगरि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका र दलहरुसँग छलफल गरिरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको