३० वेशाख – सुखमय वैवाहिक जीवनमा सेक्सको महत्वपूर्ण भूमिका हुन्छ । तर, अधिकांश मानिस सेक्सलाई मात्र शरीरको भोक मान्छन् र उनीहरुको सेक्स लाइफ बिस्तारै बिग्रदै जान्छ ।
फोरप्लेबाट दुवैजनाको सेक्सग्रन्थी खुलेर पूर्ण रुपमा क्रियाशिल हुन्छ । अधिकांश पुरुष फोटो देख्दामात्र, स्पर्शमात्र गर्दा या कल्पनामात्र गर्दा पनि उत्तेजित हुन्छन् । अर्थात् चाँडैनै उत्तेजित हुन्छन् । तर, महिलाहरु यसरी चाँडै उत्तेजित हुँदैंनन् । उनीहरुलाई उत्तेजित गर्न सही वातावरण, समय र कामक्रिडाको जरुरत हुन्छ ।
महिलालाई उत्तेजित गर्न फोरप्ले जरुरी पर्छ । फोरप्लेमार्फत् महिलाको यौनांग (स्तन, योनि) या शरीरलाई छोएर, चलाएर वा चुम्बन गरेर महिलामा सेक्सको चेतना भरपूर मात्रामा जागृत गर्न सकिन्छ । जो पुरुष सेक्सका दौरान फोरप्ले गर्छन्, महिलाहरु उनीहरुलाई आफ्नो आलिंगनबाट बाहिर जान दिदैंनन् । पुरुषले चाहने हो भने महिलालाई फोरप्लेमार्फत् नै चरम उत्तेजना दिन सक्छ ।
सेक्सपछि अर्कोपट्टि फर्केर सुत्ने पुरुषलाई महिलाहरु मन पराउदैंनन् । सेक्सपछि पनि महिलाहरु पुरुषको साथ र सामिप्य चाहन्छन् । महिलाको सेक्स चेतना निकै भावनात्मक र गहिरो हुन्छ । महिलाहरु चाहन्छन् कि, सेक्सपछि पनि उनीहरुका पुरुष साथी सदा आफूहरुको साथ होउन् । यसबाट उनीहरुलाई चरम सन्तुष्टि मिल्छ । – एजेन्सी