श्रीलङ्काको औपचारिक भ्रमणमा रहेही राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणको तेस्रो दिन आइतबार श्रीलङ्काको दोस्रो ठूलो सहर क्यान्डी पुगेकी छन् ।
राष्ट्रपति भण्डारीलाई त्यहाँको श्रीलङ्का केन्द्रीय प्रान्तका मुख्यमन्त्री सरथ एकनायके तथा केन्द्रीय प्रान्तका गभर्नर निलुका एकनायके लगायतका श्रीलङ्का सरकारका उच्च पदाधिकारीले असगिरीया पुलिस कम्पाउन्ड, क्यान्डीमा स्वागत गरेका थिए । त्यहाँबाट उनी आफूलाई आतिथ्य प्रदान गरिएको माहावली रिच होटलमा गइन् ।
त्यसपछि राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्नका साथै त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर गरिन् । राष्ट्रपति भण्डारी बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्न पुग्दा श्रीलङ्काका न्याय तथा वुद्ध शासनमन्त्री डा विजेयदासा राजपाक्षेलगायत स्थानीय तथा सम्बन्धित क्षेत्रको व्यवस्थापनले भव्य स्वागत तथा सम्मान गरेका थिए ।
सो अवसरमा राष्ट्रपति भण्डारीलाई मुख्य गुरुले उपहार प्रदान गरे । भ्रमणपछि राष्ट्रपति भण्डारी आइतबार साँझ बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् ।
वैशाख २९ गते श्रीलङ्काको राजधानी कोलम्बोमा सुरु भएको सो तीनदिने सम्मेलनको समापन श्रीलङ्काको दोस्रो ठूलो शहर क्यान्डीमा हुनेछ ।
सन् २००० देखि राष्ट्र सङ्घले बुद्ध जयन्तीलाई राष्ट्रसङ्घीय दिवसका रुपमा मनाउन सुरु गरेको हो । सो दिनलाई थाइल्यान्ड, श्रीलङ्का, म्यान्मालगायतले वैशाख दिवसका रुपमा मनाउँदै आएका छन् । श्रीलङ्काले तीन दिनसम्म यस सम्बन्धी विशेष सम्मेलन आयोजना गरेको छ ।
सो अवसरमा राष्ट्रपतिको भ्रमणदलमा रहेका सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिला विज्ञ डा मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल तथा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरुको उपस्थिति थियो । रासस
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास