१७ कात्तिक, झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा वाम गठबन्धनले जिते वैदेशिक रोजगारी शून्यमा झार्ने बताएका छन्।
झापाको दमकमा प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गरेर बढ्दो युवा पलायन रोक्ने बताए ।
“एमालेको सरकार हुँदा १८ प्रतिशत वैदेशिक रोजगारमा जाने युवाको संख्या घटेको थियो”, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने“गठबन्धनको जितसँगै त्यसलाई शून्यमा झार्छौं ।”
अध्यक्ष ओलीले अब हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष र भयरहित हुनुपर्नेमा जोड दिए।
झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिभएका अध्यक्ष ओलीले भने, “देशमा जुनसुकै व्यवस्था भए पनि मुलुकले समृद्धि र विकासको पथ समात्नुपर्छ ।”
उनले बिपी, गणेशमान जस्ता नेताले लोकतन्त्रको पक्षमा लडे पनि अहिलेको काँग्रेस व्यक्तिगत स्वार्थमा फसेको आरोप लगाए ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको