फागुन – १४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय स्वतन्त्रतालाई प्रगाढ राख्न प्रत्येक नागरिकका हृदयमा सनातन वैदिक भावना जागृत गराउनुपर्ने समय आएको बताएका छन् ।
नेपाल मानव धर्म सेवा समितिद्वारा आयोजित स्वर्णजयन्ती तथा सत्सङ्ग महोत्सवको आज हेटाैँडामा समापन गर्दै उनले आध्यात्मिक वैदिक धर्मको माध्यमबाट सभ्य समाज र परोपकारी भावना पुनःस्थापित गर्न सतसङ्गले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले भने –“समाजलाई जातीय, धर्म र क्षेत्रीयताबाट विभाजन गर्नुहुँदैन, समाजमा धार्मिक सहिष्णुताका माध्यमबाट शान्ति र बन्धुबान्धत्वको भावना माथि उठाउनुपर्छ ।” कार्यक्रममा भारतीय जगत्गुरु सन्पाद महाराजले पशुपतिनाथ, गौतमबुद्ध, जानकीलगायतबाट दैवीशक्तिमा अडेको नेपाललाई सनातन वैदिक धर्मको जागरणबाट आर्थिक, सामाजिक रुपबाट बलियो तुल्याउन सकिने बताए ।
दुईदिने सो समारोहमा नेपाललगायत भारत, भुटान र श्रीलङ्काका स्वामी, साधु, सन्तमहन्तसहित नेपालका मानव सेवा धर्मका ४० आश्रमबाट प्रतिनिधित्व भएको र करिब चार हजारजनालाई धार्मिक प्रशिक्षण दिइएको स्वर्णजयन्ती प्रचार प्रसार समितिका सचिव सुवास कुँवरले जानकारी दिए ।
पिपुपल नेपाल संवाददाता,३१ साउन हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी (मालेमा केन्द्र) पुनर्गठन भएको छ। हेटौंडामा सप्पन्न
सुर्खेत, ३१ साउन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सङ्घीयताविरुद्ध योजनाबद्ध ढङ्गले प्रहार भइरहेकाले प्रदेश र
काठमाडौँ, २८ साउन । काँग्रेस सभापति शेरबहादुर देउवाप्रति शेखर कोइराला समूह असन्तुष्ट पक्षको बैठक आज
काठमाडौँ, २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकार ‘अलच्छिन’ सरकार भएको
काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको
पिपुल नेपाल, संवाददाता,काठमाडौँ, १७ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश