विप्लवलाई झड्का, आफ्नै दाजु पक्राउ

८ मंसिर, काठमाडौं : चुनाव विरोधी गतिविधिमा संलग्न रहँदै आएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु पक्राउ परेका छन् ।

पार्टीका पोलिटब्युरो सदस्य समेत रहेका विप्लवका दाजु चन्द्रबहादुर चन्दलाई प्रहरीले काठमाडौंबाट पक्रेको हो ।

लुम्बिनी ब्युरो ईन्चार्जसमेत रहेका चन्दलाई आज काठमाण्डौंको नारायणस्थानबाट झुक्याएर समातेको नेकपाका एक नेताले बताए ।
छोराको उपचार गराउन आएका चन्दलाई चुनाव प्रचारमा आएको भन्दै सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो ।

 

photo

NOC1-250x300