काठमाडौं । निजी विद्यालयको शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुलाई शिक्षा मन्त्रालयले आज वार्तामा बोलाएको छ । शिक्षा मन्त्री र मन्त्रालयका अधिकारीहरुलाई सार्वजनिक बहिस्कार गर्ने निर्णय विद्यार्थी संगठनहरुले सार्बजनिक गरेलगत्तै मन्त्रालयले वार्तामा बोलाएको हो ।
विद्यार्थी नेताहरुलाई आज दिउँसो एक बजे वार्तामा बोलाइएको शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले जानकारी दिए ।प्रवक्ता लम्सालले नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, राप्रविसंघ, समाजवादी विद्यार्थी फोरम, नयाँशक्ति विद्यार्थी युनियन, अखिल पाँचौलगायतका विद्यार्थी संगठनका नेताहरुलाई टेलिफोन गरी वार्तामा बोलाएका हुन् ।
निजी विद्यालयले सरकारले तोकेको सिलिङ र सर्वोच्च अदालतको आदेशविपरीत मनोमानी ढंगले शुल्क लिएको विरोधमा विद्यार्थी संगठनहरुले बिहीबार आन्दोलनका नयाँ कार्यक्रम सार्बजनिक गरेका थिए । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रमअनुसार आज बिहान १० बजे देशभरका जिल्ला शिक्षा कार्यालयमा र दिउँसो एक बजे शिक्षा विभागमा तालाबन्दी गर्न लागिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष रन्जित तामाङले जानकारी दिए ।
विद्यार्थी संगठनहरुले १७ गते शिक्षा मन्त्री, शिक्षा मन्त्रालयका अधिकारी र निजी विद्यालय सञ्चालकहरुलाई सार्वजनिक वहिस्कार गर्ने तथा १८ गते सरकारी गाडीहरु चलाउन रोक लगाउने निर्णयसमेत गरेका छन् ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास