विदेशबाटै बढी पेन्सन बुझ्छन नेपाली

Note१६ भदौ, काठमाडौं । सेवा निवृत्त कर्मचारीले सरकारबाट भन्दा विदेशबाटै बढी पेन्सन बुझ्ने गरेको पाइएको छ । सरकारले गत आर्थिक वर्षमा सेवा निवृत्त कर्मचारी पेन्सनका लागि ४१ अर्ब ६ करोड रुपैयाँ बजेट खर्च गरेको छ ।

 यो रकम बढी भयो र राज्यले थेग्न सक्दैन भन्ने बहस चलिरहेको बेलामा विदेशमा सरकारी सेवाबाट निवृत्त भएका नेपालीले वर्षमा योभन्दा बढी रकम पेन्सन आइरहेको तथ्य सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार गत आर्थिक वर्षमा विदेशमा सरकारी सेवा गरेर निवृत्त भएका नेपालीले ४६ अर्ब ५१ करोड रुपैयाँ रकम पेन्सनवापत नेपाल भित्र्याएको छ । यो रकम भारतीय र बेलायती सेवामा काम गरेर अवकाश पाएका नेपालीले ल्याएको रकम हो ।

राष्ट्र बैंकका अनुसार यसमध्ये ८ अर्व ९९ करोड रुपैयाँ बेलायती सेनाबाट अवकाश पाएका नेपालीले र ३७ अर्ब ५२ करोड भारतीय सेनाबाट अवकाश पाएका नेपालीले पाउँदै आएको पेन्सन रकम हो । विदेशबाट पेन्सनका रुपमा नेपाल आउने रकम विदेशी मुद्रामै आउँछ । बेलायतबाट आउने पेन्सन भने घट्दो क्रममा र भातबाट आउने बढ्दो क्रममा रहकेो छ । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भिभोद्वारा नेपालमा आफ्नो पाचौं वार्षिकोत्सव मनाउन सबैभन्दा ठूलो सेल्स कार्निभल आयोजना

१६ मंसिर,काठमाडौं । भिभो, एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्डले आज नेपालमा आफ्नो ५ वर्ष पूरा

प्रचण्डले विचार र सिद्धान्त छोड्दा सिद्धियो माओवादी !

नेपालमा २०५२ फागुन १ गतेबाट जनयुद्द शुरु भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

सहकारीमा पैसा नराखौँ, भएको पनि छिटो निकालौँ

जनताले ब्याज आउँछ वा आफुसँग भएको पैसा सुरक्षित हुन्छ भनेर वित्तिय संस्थामा पैसा राख्छन् ।

२९४ रुपैयाँमा २० जीबी डाटा : नेपाल टेलिकमको चुनावी अफर

२७ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा

निर्वाचन आयोग आचारसंहिता भनेको भन्यै गर्ने तर कसैले नटेर्ने !

मुलुकमा यतिखेर चुनावी माहौल तातेको छ । सम्पुर्ण राजनीतिक दलका नेताहरुलाई चुनावी प्रचारप्रसारमा भ्याइनभ्याइ छ

प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ दोलखा जिल्लाको निर्वाचन क्षेत्रअनुसार विवरण

२० कार्तिक,दोलखा । निर्वाचन आयोगले दोलाखाको  प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन क्षेत्रअनुसारको विवरण