रोल्पामा बम विस्फोट; अमरसिंह पुन लक्षित

रोल्पा,  ३० कात्तिक । सिँचाई राज्यमन्त्री एवं काँग्रेसका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी बम विस्फोट भएको छ ।

बिहीबार करिब साढे बाह्र बजे सुवर्णवती गाउँपालिका वडा नं १ मा काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार पुनलाई लक्षित गरी बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

त्यहाँ उनी चुनावी कार्यक्रमका लागि पुगेका थिए । प्रहरीका अनुसार बम विस्फोट भए पनि त्यसले कुनैपनि क्षति गरेको  छैन ।

 

photo

NOC1-250x300