रामदेवका २ टेलिभिजनबारे छानबिन सुरु

काठमाडौं,मंसिर ६,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पतञ्जली नेपालले स्थापना गरेको दुई टेलिभिजनबारे अनुसन्धान सुरु गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार काठमाडौंको मण्डिखाटारस्थित ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नामक टेलिभिजनको उद्घााटनगरेका थिए।
उद्घाटनपछि ती २ टेलिभिजनहरू दर्ता नभएको पाइएपछि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले अनुसन्धान सुरु गरेको छ। योग गुरु रामदेव सो टेलिभिजन उद्घाटनका लागि काठमाडौं आएका थिए। 
प्रधानमन्त्री देउवाले पतञ्जली योगपीठको कार्यालयमै गएर ती दुई टेलिभिजनको शुभारम्भ गरेका थिए। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूको सहभागिता थियो।
विभागका प्रवक्ता भरत गौतमले प्रधानमन्त्री स्वयंले उद्घाटन गरेको टेलिभिजनको दर्ता प्रक्रियाबारे विवाद आएपछि अनुसन्धान अघि बढाइएको बताए। ‘सम्माननीय प्रधानमन्त्रीज्यू पनि उद्घाटन कार्यक्रममा सरिक हुनुभएको हुनाले यो विषयमा के हो भनेर जानकारी लिने प्रक्रियामा छौं,’ उनले भने,’ अनुसन्धान त गर्नु पर्‍यो नि, कानुनी ट्रयाकमा छ कि छैन भनेर हेर्नुपर्‍यो।’ उनले उक्त टेलिभिजनहरू ऐनअनुसार प्रसारण भएका छन् कि छैनन् भनेर अनुसन्धान भइरहेको बताए। 
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सञ्चारमाध्यममा वैदेशिक लगानी बर्जित गरेको छ। ती च्यानल सम्बन्धित निकायमा दर्तासमेत नभएको पाइएपछि सर्वत्र आलोचना हुन थालेको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड