राजिनामा दिन तयार छु : प्रधानमन्त्री 

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90काठमाडौं : प्रधानमन्त्री प्रचण्डले निर्वाचनको मिति घोषणा भैसकेकोले अब निर्वाचनबाट कुनै पनि हालतमापछि नहट्ने बताएको छ । बुधबार प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्रीले यस्तो अडान लिएको हो ।

बैठकमा प्रधनामन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, निर्वाचनबाट कुनै पनि हालतमापछि नसर्ने, बरु सरकार छोड्न तयार रहेको तर, निर्वाचन तोकिएको मितिमै हुने त्यसमा कसैले शंका गर्नुहुँदैन् ।’

उक्त बैठकमा एमाले नेताहरुले सप्तरी घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै उनीहरुले वैशाख ३१ का लागि घोषित चुनाव सार्न वा स्थगित गर्न नपाउने बताएका छन् ।

बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतम कडा रुपमा प्रस्तुत भएका थिए । उनले पार्टीको उक्त अभियान २७ गतेबाट नै सूचारु हुने जनाए । उनले सप्तरी घट्नाबारे काँग्रेस किन मौन भन्दै बैठकमा उपस्थित् काँग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिलाई प्रश्न गरेका थिए । तर गौतमको प्रनमा देउवा र निधिले कुनै प्रतिक्रिया नदिएको स्रोतले बतायो ।

 

photo

NOC1-250x300