२० भदौ, गौशाला – निकै रस्साकस्सी पश्चात् राष्ट्रिय जनता पार्टी नेपाल, महोत्तरीले आसन्न स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि प्रमुख तथा अध्यक्षका उम्मेदवारको टुंगो लगाउन सफल भएको छ ।
सो पार्टीका नेता सुदीप झाका अनुसार महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुखमा रामशंकर मिश्र, गौशाला नगरपालिकाको प्रमुखमा देवनारायण महतो, मनरासिस्वा नगरपालिकाको प्रमुखमा सञ्जय सिंह, रामगोपालपुर नगरपालिकाको प्रमुखमा रामबाबु मण्डल र भंगहा नगरपालिकाको प्रमुखमा सञ्जीव साहको नाम टुंगो लगाएको छ ।
त्यस्तै, बलवा नगरपालिकाको प्रमुखमा विजय महतो, औरही नगरपालिकाको प्रमुखमा शंकर यादव, मटिहानी नगरपालिकाको प्रमुखमा हरिप्रसाद मण्डल र लोहारपट्टि नगरपालिकाको प्रमुखमा जानकीशरण साहको नाम टुंगो लगाएको जनाइएको छ ।
यसैगरी, सो पार्टीले जिल्लाको सोनमा गाउँपालिकाको अध्यक्षमा विश्वेश्वर यादव, महोत्तरी गाउँपालिकाको अध्यक्षमा सुनिल यादव, पिपरा गाउँपालिकाको अध्यक्षमा विनोद चौधरी, सम्सी गाउँपालिकाको अध्यक्षमा रामबाबु साह र एकडारा गाउँपालिकाको अध्यक्षमा रामछविला साहलाई उम्मेदवारका रुपमा चयन गरेको नेता झाले बताए ।
राजपाले जिल्लाको बर्दिबास नगरपालिकामा नेपाली काँग्रेससँग तालमेल गरी चुनाव लड्ने वातावरण बनिरहेकाले बर्दिबासको उम्मेदवार अहिलेसम्म टुंगो लगाउन नसकिएको नेता झाले थपे ।
दश नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरी जिल्लामा राजपाले १४ स्थानको प्रमुख/अध्यक्षको नाम टुंगो लगाएको छ भने उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्ष तथा वडा सदस्यको नाम आज टुंगो लगाउने योजना रहेको नेता झाले बताए ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास