राजपाको आन्दोलन, सिरहामा प्रहरीको गाडीमाथि आक्रमण

Madhesh Strikeसिरहा, २ असार– सरकारले प्रदेश नम्बर २ मा असोज २ गते तेस्रो चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेपनि राष्ट्रिय जनता पार्टीले तराई मधेसमा आफ्नो आन्दोलन रोकेको छैन । शुक्रबार बिहानैदेखि तराई–मधेसका जिल्लामा राजपा कार्यकर्ताहरु बजार तथा यातायात बन्द गराउँदै हिडिरहेका छन् । राजपा कार्यकर्ताले शुक्रबार बिहानै सिरहाको गोलबजारमा प्रहरीको चढेको बसमाथि आक्रमण गरेका छन् । काठमाडौंबाट प्रहरी कर्मचारी बोकेर सिरहा गएको बसमाथि राजपा कार्यकर्ताहरुले आक्रमण गरेका हुन् ।

राजपाको आन्दोलन स्थगित हुने दावी गर्दै सरकारले बिहीबार २ नम्बर प्रदेशको निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको थियो । प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते हुने मतदानका लागि उम्मेदवारी गर्ने समय पनि २ दिन पछि (असार ४ गतेका लागि) सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको थियो ।सरकारको निर्णयका विषयमा छलफल गर्न राजपाले आज केन्द्रीय नेताहरुको बैठक बोलाएको छ । बैठकले सरकारको निर्णयपछि आन्दोलन स्थगित गर्ने या जारी राख्ने भन्ने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल