यी बलिउड अभिनेत्रीहरु भारतमा जन्मिएका होइनन्

बलिउड । बलिउड राज गरेका केही यस्ता कलाकारहरु छन् जो भारतमा जन्मिएका होइनन् । तर बलिउडमा यिनीहरुको राज रहेको छ । केही यस्ता बलिउड अभिनेत्रीहरु रहेका छन् जो भारतमा नजिन्मएपनि बलिउडलाई हिट फिल्महरु दिएका छन् ।

 बलिउडमा हिट फिल्महरु दिनेमा यस्ता कलाकारहरुको सख्ंया धेरै नै रहेको छ । आउनुहोस् हेरौ केही यस्ता चर्चीत बलिउड अभिनेत्रीहरु जो भारतमा नजिन्मए पनि बलिउड तहल्का मचाइरहेका छन् ।

कट्रिना कैफ
बलिउडका दंवग नायक सलमान खानकी विशेष साथी कट्रिना पनि भारतमा जन्मिएकी होइनन् । कैफ हंङकङमा जन्मिएकी हुन् । कैफकी आमा विदेशी हुन् । तर, पिता भने काश्मीरी मुलका हुन् । उनी ब्रिटेनमा बिजेश गर्ने काम गर्छन् । सन् २००३ मा ‘बुम’ फिल्मबाट बलिउड करिअर सुरु गरेकी कैफले त्यसपछि लगातार बलिउडमा काम गरिरहेकी छिन् ।

ज्याकलिन फनार्नडेज
बलिउडमा सेक्स एण्ड हट नायिकाको रुपमा परिचीत ज्याकलिन पछिल्लो समय अधिक व्यस्त अभिनेत्रीमा पर्छिन् । उनले बलिउडमा आफ्नो छुट्टै स्थान समेत बनाइसकेकी छिन् । श्रीलंकामा जन्मिएकी यी नायिका सन् २००६ मा बलिउडमा करिअर बनाउन भारत आएकी थिइन् ।

मोनिका डोगरा
फिल्म धोबीघाटमा अभिनय गरेकी यी अभिनेत्री न्युर्योकमा जन्मिएकी हुन् । मोनिका अभिनयका साथसाथै गीत गाउने समेत गर्छिन् ।

दीपिका पादुकोण
आजकल दीपिका बक्स अफिसमा सफलताको ग्यारेन्टी भएकी अभिनेत्रीको रुपमा परिचीत छ । जुन फिल्ममा उनीले काम गरेकी छिन् बक्स अफिसमा ती फिल्महरु एकपछि अर्को गर्दै सुपरहिट भएका छन् । सायद दीपिकाको बारेमा धेरैलाई थाहा नहुन सक्छ ।
उनी भारतमा भने जन्मिएकी होइनन् । दीपिकाका पिता ब्याडमिन्टन ट्रेनिङका लागि डेनमार्क गएका थिए । उनीले आफ्नी गर्भवती श्रीमतिलाई पनि लिएर गएका थिए । सोही बखतमा दीपिकाकी आमाले दीपिकालाई कोपेगन शहरमा जन्मदिएकी थिइन् ।

सन्नी लियोन
पुर्व पोर्नस्टार सन्नी लियोन हाल बलिउडकी व्यस्त नायिकाको रुपमा परिचीत छिन् । करनजीत बोहराको रुपमा जन्मिएकी सन्नी लियोनले यत्रो सफलता जीवन कहिल्यै पाउँला भनेर सोचेकी थिइनन् । यिनको जन्म क्यानडामा भएको हो । उनी एक समय बेकरी क्याफीमा काम गर्थिन् ।

 

 

photo

NOC1-250x300