यस्ता छन् सल्यानमा माओवादी केन्द्रका उम्मेदवार

१४ बैशाख, सल्यान । नेकपा माओवादी केन्द्र सल्यानले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु छनोट गरेको छ । ७ वटा गाउँपालिका र ३ वटा नगरपालिका रहेको सल्यानमा एउटा नगर र एउटा गाउँपालिकाबाहेक अरु सबै ठाउँमा उम्मेदवारहरुको टुंगो लगाइएको माओवादी केन्द्र सल्यानका इन्चार्ज नेवबहादुर कँवर ‘विवेक’ले बताए ।

टुंगो नलागेका बागचौर नगरपालिका र कालिमाटी गाउँपालिकाका उम्मेदवारहरुको पनि भोलिसम्म टुंगो लगाइने कँवरले बताए । ‘गाउँपालिका र नगरपालिकाबाट प्रमुखमा तीन-तीन जनाको नाम आएको छ, सबै साथीहरु चुनावमा आफूले पहलकदमी लिन सक्छु भनेर उत्साहित हुनुहुन्छ, कँवरले भने, ‘भोलिसम्म सबैलाई सहमत गराएर उम्मेदवार टुंग्याउँछौं ।’

जिल्ला सदरमुकाम रहेको शारदा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रले पार्टीका महाधिवेशन आयोजक समिति सदस्य प्रमोद श्रेष्ठ र उपप्रमुखमा झरना बुढाथोकीलाई उम्मेदवार बनाएको जिल्ला इन्चार्ज कँवरले बताए । शारदा नगरपालिका-२ खलंगा निबासी श्रेष्ठ सल्यानको वाम आन्दोलनका पहलकर्ता हुन् । २०४६ को पेरिफेरीबाट राजनीतिमा होमिएका श्रेष्ठ वाम मोर्चाको तर्फबाट जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए भने २०४८ सालमा गठित संयुक्त जनमोर्चा नेपालको जिल्ला उपाध्यक्षसमेत भइसकेका यहाँका स्थापित र पुराना कम्युनिष्ट नेता हुन् ।

त्यस्तै, बनगाड कुपिन्डे नगरपालिकाको प्रमुखमा पार्टीका पोलिटव्यूरो सदस्य तथा जिल्ला संयोजक कर्णबहादुर बुढाथोकी ‘छहारी’ र उपप्रमुखमा मञ्जु यरीलाई उम्मेदवार बनाइएको छ । हाल पार्टीको जिल्ला संयोजक रहेका बुढाथोकी सल्यानको माओवादी आन्दोलनका संस्थापक सदस्यमध्येका एक हुन् । तत्कालीन जिल्ला जनसरकार प्रमुखको रुपमा काम गरिसकेका बुढाथोकी पश्चिम सल्यानका स्थापित नेता हुन् ।

त्यस्तै, दार्मा गाउँपालिकाको अध्यक्षमा महाधिवेशन आयोजक समिति सदस्य युवा नेता निमबहादुर केसी ‘अरुण’ र उपाध्यक्षमा टीका वलीलाई उम्मेदवार बनाएको छ भने छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्षमा राधा शर्मा उम्मेदवार रहेका छन् ।

त्यस्तै, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा अजय रोका र उपाध्यक्षमा लिलावती बुढाले उम्मेदवारी दिने भएका छन् । कपुरकोट गाउँपालिकामा अध्यक्ष प्रकाश भण्डारी र उपाध्यक्ष एलिना रानाले उम्मेदवारी दिने निर्णय गरिएको कँवरले बताए ।

त्यस्तै, ढोरचौर गाउँपालिकामा अध्यक्ष नरविर चलाउने र उपाध्यक्षमा भूमि बुढाथोकीलाई उम्मेदवार बनाइएको छ ।

कुमाख मालिका गाउँपालिकामा दिलमाया बुढा ‘सिर्जना’लाई अध्यक्ष र डिल्लीराज जैशीलाई उपाध्यक्षको उम्मेदवार बनाइएको जिल्ला इन्चार्ज कँवरले बताए । नेकपा माओवादी केन्द्रले कुमाख मालिका गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाएका दिलमाया बुढा जिल्लामै अध्यक्ष/प्रमुखको एक्ली उम्मेदवार हुन् ।

दिलमायाः जनसरकार हुँदै गाउँपालिकाको दाबेदारसम्म

२०५३ सालदेखि माओवादी आन्दोलनमा पूर्णकालीन कार्यकर्ताको रुपमा लागेकी बुढा हाल माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य हुन् । युद्धकालमा गठित कालागाउँ गाउँ जनसरकारकी उपप्रमुख, प्रमुख हुँदै जिल्ला जनसरकार उपप्रमुखसम्म भइसकेकी उनी सहिद पत्नीसमेत हुन् । युद्धकालमै २०५६ चैतमा सालमा उनका श्रीमान् तत्कालीन माओवादी पार्टीका सल्यान जिल्ला सचिवालय सदस्य लोकेन्द्रप्रकाश गिरीलाई प्रहरीले हत्या गरेको थियो ।

२०३५ मंसिर ८ गते रुकुम खोलागाउँमा जन्मिएकी बुढा जनयुद्धको शुरुवातसँगै तत्कालीन सुरक्षा दल र स्क्वाइडमा समेत केही वर्ष अनुभव हाँसिल गरेकी थिइन् । हाल पार्टीको भ्रातृ संगठन अनेम संघ क्रान्तिकारीको केन्द्रीय सदस्य, सहिद परिवारको समाज सल्यानको अध्यक्षलगायतका जिम्मेवारी पनि वहन गरिरहेकी उनी माओवादी पकड क्षेत्रको रुपमा चिनिएको कुमाख मालिका गाउँपालिकाबाट अध्यक्षको उम्मेदवार रहेकी छिन् ।

बागचौर र कालिमाटीमा टुंगिन बाँकी

आकांक्षी धेरै भएर उम्मेदवार नटुङ्गयाइएको बागचौर नगरपालिकामा प्रमुखका लागि नगर कमिटीले लोकमान बुढाथोकी, टीकाराम वली र ज्ञानबहादुर वलीको नाम सिफारिस गरेको छ भने उपप्रमुखमा कल्पना पुन, सुम्निमा डिसी र कमला वलीको नाम सिफारिस गरेको इन्चार्ज कँवरले बताए ।

त्यस्तै कालीमाटी गाउँपालिकाको अध्यक्षमा जीतबहादुर पुन, रुद्रबहादुर घर्ती र पुरुषोत्तम भट्टराईको नाम सिफारिस भएको छ भने उपाध्यक्षमा भने पि्रती डिसीको नाम सर्वसम्मत सिफारिस भएको कँवरले बताए । यी दुई ठाउँको उम्मेदवारी पनि भोलिसम्म टुंग्याइसक्ने कँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता