म्यादी प्रहरीलाई प्रमाणपत्र

myadi-police-13796713

४ असार, रुकुम । सरकारले निर्वाचन सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै म्यादी प्रहरीलाई पनि प्रमाण पत्र दिएर विदाई गर्ने भएको छ ।

गृहमन्त्री जनार्दन शर्माले म्यादी प्रहरीले निर्वाचन सफल पार्न पुर्याएको योगदानको सरकारले उचित कदर गर्दै म्यादी प्रहरीलाई प्रमाणपत्र उपलब्ध गराउने जानकारी दिए ।

गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला रुकुम पुगेका गृहमन्त्री शर्माले तराईमा आन्दोलनरत दलहरुको सहमतिमै तेस्रो चरणको निर्वाचनको मिति तोकिएको बताए ।

सरकार र आन्दोलनरत दलहरु बिचको आपसी सहमतिमा नै आन्दोलनरत दलहरुलाई चुनाबमा समेट्न तेस्रो चरणको मिति तोकिएकाले सहमति पालना गर्न उनले आन्दोलनरत राजपालाई आग्रह गरे ।

‘सत्ता साझेदार दल र राजपाबीच भएको सहमति अनुसार नै निर्वाचन सार्ने निर्णय भएको हो, मन्त्री शर्माले भने ‘अहिले राजपा आफैले गरेको सहमति विपरित गएर आन्दोलन गरिरहेको छ, यो राम्रो कुरा होईन ।’

 

 

photo

NOC1-250x300