हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। पूर्वानुमान अनुसारको बर्षा भएमा दिउँसो ३ बजेसम्म आकस्मिक बहाव हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानहरुमा अति भारी वर्षा भैरहेको छ। भारतको मध्य प्रदेशको पुर्वी भू-भागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापीय क्षेत्र उत्तर-पूर्व सर्दै छ।
महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १ ,२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।
राति देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्की प्रदेश र प्रदेश नं ५ का १,२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।
शुक्रबार दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा र केही स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।
राति देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक दुई स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।
यस्तै शनिबार पनि दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र प्रदेश नं २ का केही स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको राति देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ