मोहनविक्रमको निश्कर्ष : हिन्दु र राजावादीले गणतन्त्र र धर्म नरपेक्ष सिध्याउँदैछन्

साउन ८, काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले भारतका कट्टर हिन्दूवादी शासक वर्ग र नेपालका कट्टर हिन्दूवादी तथा राजावादीको गठबन्धनमा गणतन्त्र र धर्म निरपेक्षता सिध्याउने खेल भइरहेको बताएका छन् । मसालको हालै सम्पन्न  पाँचौ भेलामा महामन्त्री सिंहले प्रस्तुत गरेको प्रतिवेदनमा नेपाललाई हिन्दूराष्ट्र बनाउन र राजतन्त्रको पुनस्र्थापना गर्न योजनावद्ध ढंगले प्रयत्न भइरहेको बताएका हुन् । mohan-bikram-singh_zRV3bbQg06यही २०७४ श्रावण ४ र ५ गते सम्पन्न भेलाले स्थानीय निर्वाचनको मूल्याङ्कनसम्बन्धी प्रस्ताव तथा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र सङ्गठनात्मक सुदृढीकरणको प्रस्ताव समेत पारित गरेको छ । भेलाले पार्टीका विभिन्न सङ्गठनात्मक कार्यहरू र आगामी कार्यक्रमसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको महामन्त्री सिंहले जनाएका छन् । भेलाको सिलसिलामा केन्द्रीय समिति र पी.वी.का बैठकहरू श्रावण ७ गतेसम्म चलेका थिए ।

भेलामा महामन्त्री सिंहले केन्द्रीय समितिका तर्फबाट स्थानीय निर्वाचन मूल्याङ्कनसम्बन्धी र अक्टोबर क्रान्तिको शतवार्षिकी र सङ्गठनात्मक सुदृढीकरणसम्बन्धी प्रस्तावहरू प्रस्तुत गरेका थिए । दुवै प्रस्तावहरूमा दुई दिनसम्म प्रतिनिधि, पर्यवेक्षकहरूले जनवादी तरिकाले विस्तृत रूपले आफ्ना विचारहरू राखेका थिए । दुवै प्रस्तावहरूबारे महामन्त्रीले स्पष्टिकरण दिएपछि सर्वसम्मतिले पारित भएका थिए ।

सिंहले प्रस्तुत गरेको स्थानीय निर्वाचनको मूल्याङ्कनसम्बन्धी प्रस्तावमा देशको स्थिति अत्यन्त गम्भीर र सङ्कटको मुखमा उभिएको उल्लेख छ । ‘वर्तमान माओवादी केन्द्र र नेकाको गठबन्धन सरकार भारतीय विस्तारवादको ग्राण्डडिजाइन अनुसार नेपालमा (भारतीय विस्तारवादीको) उद्देश्य पूरा गर्न नै बनेको छ ।’

सिंहले आफ्नो प्रतिवेदनमा भनेका छन् ।  त्यस्तै तत्काल आफ्नो विस्तारवादी उद्देश्य पूरा गर्नका लागि मार्ग प्रसस्त गर्न भारतले संविधानमा संशोधनका लागि नै मुख्य जोड दिएको र भारतीय योजनामै सरकारले प्रारम्भदेखि नै संविधानमा संशोधन पारित गराउन योजनावद्ध प्रकारले काम गर्दै आएको जनाएका छन् । त्यसैगरी स्थानीय निर्वाचनको मिति बारम्बार सार्ने र ३ चरणमा गर्ने सरकारको काम भारतीय शासक वर्गको दवावमा भएको मसालको ठहर छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको