मोदी : ‘नेपालको संकटको यात्रा कति लामो हुनेछ, कल्पना गर्न सकिन्न’

३० वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो छिमेकी राष्ट्र नेपाल संकटबाट गुज्रिरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

बुद्ध पूर्णिमाका दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आज यो उमंगको पर्वमा बोझिल महसुस गरिरहेको छु किन भने जुन धर्तीमा भगवान बुद्धको जन्म भयो, हामी सबैको प्यारो नेपाल, एउटा ठूलो संकटबाट गुज्रिरहेको छ ।’

उनले नेपालको यो यात्रा कति भयंकर र लामो हुने कसैले कल्पना पनि गर्न नसक्ने बताए । ‘यो यात्रा कति भंयकर हुनेछ त्यसको कल्पना पनि गर्न कठिन छ,’ उनले भने, ‘कति लामो समयसम्म नेपालका पीडित बन्धुहरुलाई यो यात्राबाट जुध्न पर्नेछ यसको अन्दाजा गर्न पनि कठिन छ ।’

मोदीले भगवान बुद्धले दिएको करुणाको सन्देश अनुसार नेपालका पीडितहरुको दुःख हामी बाँड्नुपर्ने र उनीहरुको आँशु पुछ्नुपर्ने बताए ।

‘उनीहरुलाई पनि शक्ति प्राप्त गरुन् भनेर म प्राथना गर्दछु,’ मोदीले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्