काठमाडौँः काठमाडौँबासीको तिर्खा मेटाउन अर्बौ लगानीमा निर्माणाधीन मेलम्ची खानेपानी आयोजनामा ठुलो भ्रष्ट्राचार भएको भन्दै छानविनको आवाज उठेको छ ।भ्रष्ट्राचार रोकथामका लागि निर्देशन दिने व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिमा मेलम्ची खानेपानी आयोजनामा करोडौं रुपैयाँ भ्रष्ट्राचार भएको भन्दै छानविनको आवाज उठेको हो ।
नेपाली कांग्रेसका सांसद् मोहनबहादुर बस्नेतले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा बनाइनुपर्ने हेड बक्सको परामर्शदाताले डिजाइन नै तयार नगरेको अवस्थामा आयोजना प्रमुखले ५८ करोड रुपैयाँ भुक्तानी गरेको भन्दै यसको छानविन हनुपर्ने माग गरे ।हालका आयोजना प्रमुखको कार्यकाल चाँडै सकिन लागेकाले समितिले यस विषयमा छानविन गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ ।
मेलम्ची खानेपानी आयोजनाको प्रमुखका रूपमा हाल घनश्याम भट्टराई कार्यरत छन् । परामर्शदातासँग मिलेर भट्टराईले भ्रष्ट्राचार गरेको दाबी सांसद् बस्नेतले गरेका छन् ।उनले हेडबक्सको डिजाइन नै नबनाइएकाले तथा जटिल खालको पहरोमा सुरुङ खन्ने कामै नभएको अवस्थामा मेलम्चीको पानी काठमाडौँ आइपुग्नन अझै एक वर्ष लाग्ने दाबी गरे ।
मेलम्ची खानेपानी आयोजनाले आगामी असोजभित्र काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गरिसक्ने दाबी गर्दै आएको छ ।मेलम्चीको पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड अन्र्तगतको आयोजना कार्यान्वयन निर्देशनालयले २६ अर्ब रुपैयाँ खर्च गरेर पाइपलाइन विछ्याउने काम गरिरहेको छ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी