५ साउन,कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको आयुष क्लिनिक तथा सुवास फार्मेसीमा गएराति आगलागी हुँदा रु अठार लाख ३५ हजार बराबरको धनमाल क्षति भएको छ । पसलभित्र राखेको औषधि, फर्निचर, टिभी, फ्रिज र प्रयोगशालाका सामग्री पूरै जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा, प्रहरी र वारुण यन्त्रको सहायताले आगलागी नियन्त्रण गरिएको झलारीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताए । आगलागी हुनुको कारण भने खुल्न सकेको छैन । पसल सञ्चालक पुष्पराज पन्तले पसल बन्द रहेका बेला अज्ञात व्यक्तिले भेन्टिलेसनबाट आगो लगाएको आरोप लगाए।
बैंकबाट कर्जा लिएर सञ्चालन गरेको पसल पूरै जलेर नष्ट भएपछि बिचल्ली भएको गुनासो गर्दै उनले भन्नुभयो – “बैंकको कर्जा कसरी तिर्ने भन्ने समस्या उत्पन्न भएको छ ।”
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष