August 31, 2016

मुलुकको समृद्धिमा लाग्न पूर्व सांसदलाई प्रचण्डकाे आग्रह

images१५ भदाै,  काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालसँग पूर्व सांसदले भेटेर आफ्ना अनुभव र ज्ञान राज्यको हितमा लगाउन आग्रह गरेका छन् ।
आज बिहान पूर्व सांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा प्रम निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग आफूहरु मुलुकको हितमा सक्रिय भएर काम गर्न चाहेको बताएको हो ।

 सो अवसरमा प्रधानमन्त्री दाहालले मुलुकको विकास र राजनीतिक स्थिरताका लागि आफ्नो ठाउँबाट आवश्यक भूमिका खेल्न पूर्व सांसदलाई आग्रह गरे । प्रधानमन्त्रीले उनीहरुलाई मुलुकको समृद्धिमा सघाउँदै परिवर्तित सन्दर्भमा मुलुकको सकारात्मक हितमा लाग्न जोड दिनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

भेटमा पूर्व सांसद मञ्चले सेवा, सुविधा र मर्यादा दिन माग गर्दै लिखित ज्ञापनपत्र बुझाएको मञ्चका महासचिव शङ्करनाथ शर्मा अधिकारीले जानकारी दिए । उहाँका अनुसार प्रधानमन्त्रीले पूर्व सांसदको मर्यादाका विषयमा आफू सकारात्मक भएको भन्दै अन्य मागका विषयमा सबै पक्षसँग छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पोखरेल र ओलीबीच डेढ घण्टे वार्तामा वरिष्ठ उपाध्यक्ष पद हटाउन असहमति

काठमाडौं, साउन ५, २०८२ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको प्रस्तावित विधानमा “प्रथम

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को