ललितपुर, १३ कात्तिक । ललितपुर महानगरपालिकामा विभिन्न विषयगत कार्यालयबाट आएका कर्मचारी जिम्मेवारीविहीन भएका छन् ।
विषयगत कार्यालयबाट १३ जना कर्मचारी महानगरपालिकामा हाजिर हुन आएका छन् । उनीहरुको दरबन्दी सम्बन्धित कार्यालयमा नै रहेकाले व्यवस्थापन गर्न नसकिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । महानगरपालिमा जिल्ला शिक्षा कार्यालय, कृषि विकास कार्यालयलगायतका कार्यालयबाट कर्मचारी काजमा आएका छन् ।
उनीहरुलाई सामान्य व्यवस्था गर्न समेत महानगरपालिकाले सकेको छैन । उनले भने “छुट्टै कोठा, टेबुल लगायतको व्यवस्था गर्न कठीनाई छ ।”
सरकारले कर्मचारी समायोजनसम्बन्धी निर्देशिका बनाएपछि महानगरपालिकाले दरबन्दीको निर्णय गर्नेछ । उनी भन्छन्, “हामीलाई त्यसका आधारमा व्यवस्थापन गर्न सजिलो हुने थियो ।”
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लामा कर्मचारी समायोजन सम्बन्धी समिति छ । समितिको निर्णयका आधारमा धेरै कर्मचारी महानगरपालिका आउन इच्छा देखाएका छन् ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको