भोलि नै निर्वाचनको मिति घोषणा गर्ने

neta-ko-news-e1487502384285काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले भोलि नै निर्वाचनको मिति घोषणा गर्ने स्पष्ट पारेका छन् । आईतबार काठमाडौमा भएको साक्षात्कारमा खनालले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको काँग्रेस–माओवादी केन्द्रको बैठकले भोलि बस्ने मन्त्रिपरिषदको बैठकले नै निर्वाचनको मिति घोषणा गर्ने जनाएका हुन् । उनले भने,‘चुनावको लागि सबै प्रक्रिया पूरा भैसक्यो,निर्वाचन आयोग र सूरक्षा निकायका प्रमुखहरुसँग कुरा गरेर जेठको पहिलो हप्ता गर्नेगरि भोलि (सोमबार)निर्वाचनको मिति घोषणा गरिनेछ ।’

साक्षात्कारमा बोल्दै खनालले सबै दलहरुलाई विश्वासमा लिएर नै सरकारले चुनावको मिति घोषणा गर्न लागेको जनाए । उनले भने,‘निर्वाचनको मिति घोषणा गर्नेबारेमा हामीले मधेशी मोर्चासँग पनि छलफल गरेका छौं, उहाँहरुले पहिला संविधान संशोधन भन्नुभएको छ, संशोधन नभईकन चुनावमा नजाने भनेर उहाँहरुले भन्नुभएको छ, उहाँहरुसँग पनि आज कुरा हुन्छ ।’ उनले स्थानीय तह पूर्नसंरचनामा मधेशी मोर्चाले आपत्ति जनाएकोले उनीहरुले भनेबमोजिम जनसंख्याको आधारमा पूर्नसंरचना गर्ने समेत जनाए ।

मधेशी मोर्चाका नेता राजकिशोर यादवले सरकारले चुनावको मिति घोषणा गरेको आधा घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको घोषणा गर्ने चेतावनी दिए ।
यादवले भने,‘यदि संविधान संशोधन नभईकन मिति घोषणा भए, मोर्चाले त्यसको आधा घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको कार्यक्रम घोषणा गर्छ, अब हुने आन्दोलनले जनविद्रोहको स्वरुप लिन्छ ।’
कार्यक्रममा एमालेका सचिव भीम आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरे आफ्नो पार्टीले स्वागत गर्ने स्पष्ट पारे । आचार्यले भने,‘सरकारले चुनावको मिति घोषणा गर्छ भने एमालेले त्यसको समर्थन गर्छ ।’ उनले अहिले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव मधेशी जनताको हितमा नभएको जिकिर गरे ।

आचार्यले संशोधन प्रस्तावले मधेशी जनताको कहिल्यैपनि हित नगर्ने जिकिर गर्दै भने,‘नेकपा एमाले मधेश विरोधी पार्टी होईन, संसदमा पेश भएको संशोधन प्रस्तावले मधेशी जनताको हित गर्छ भन्नु सरासर झूठ हो, यस्तो बेतुकका कुरा कसैले नगरे हुन्छ ।’
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सरकारले चुनावको मिति घोषणा गरे नेपालमा भीडन्तको राजनीति सुरु हुने चेतावनी दिए । झाले भने,‘चुनावको मिति घोषणा गर्न सरकारले पाउँछ, तर राति गरेपनि हुन्छ, दिउँसो गरेपनि हुन्छ, तर भोलि चुनावको मिति घोषणा हुन्छ भने त्यो नहुने निर्वाचन हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको