भोलिको चुनावपछि सरकार झोक्राउँछ : ओली

KP-Oliकाठमाडौं, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले  निर्वाचनपछि सरकार झोक्राउँने बताएका छन् ।

शनिबार स्थानीय तहको निर्वाचनको पूर्वसन्यामा मौन समयको अवधि पारेर पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘भोलिको चुनाव परिणामपछि उहाँहरु अलिकति झोक्राउनुहुन्छ, मंसिर ३१ पछि पूरै झोक्राउनुहुन्छ ।’

उनले सरकारले आचारसंहिता उल्लंघन गरेर धाँधलीलाई प्रश्रय दिइरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराए समेत गराए ।

भोट माग्न पाइने मौन समयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने, ‘म निर्वाचन आयोगलाई आग्रह गर्न चाहन्छु तपाईहरु निर्वाचन आयोगले आफ्नो संवैधानिक अधिकारमा निर्णायक हुनोस् । निर्वाचन आयोगप्रति जनताको विश्वास छ । निर्वाचन आयोग निरीह र मूक दर्शक भएर बस्न मिल्दैन ।’

 

photo

NOC1-250x300