भूकम्पपीडितलाई निव्र्याजी ऋण

२३ असोज, काठमाडौं : सरकारले भूकम्प पीडितहरुको घर निर्माणका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले भूकम्प पीडितहरुलाई घर निर्माणका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण दिने निर्णय गरेको हो । भूकम्प पीडितका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने निर्णय गरिएको बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगको दरबन्दी तथा संगठन संरचना पनि स्वीकृत गरेको छ । यस्तै सरकारले नेपाल स्टक एक्सचेञ्जको महाप्रवन्धकमा चन्द्रमान साउदलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले साउदलाई ४ बर्षका लागि नियुक्त गरेको हो ।

 

photo

NOC1-250x300