काठमाडौं, २० जेठ । निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिका १९ मा पुनः मतदान गराउने निर्णय गरेकाे छ ।
शनिबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै भरतपुर वडानम्बर १९ मा पुनः मतदान गराउने निर्णय गरेको हो । आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ संवत् २०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तह अन्तर्गत गाउँपालिका/ नगरपालिका निर्वाचनमा चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं १९ को मतगणनाको क्रममा मतगणना स्थलमा मतपत्र च्याती मतगणना स्थगन भएको सन्दर्भमा आयोगको २०७४/२/२० गते बसेको बैठकले देहायअनुसार गर्न मुख्य निर्वाचन अधिकृत, भरतपुर महानगरपालिका, चितवनलाई निर्देशन दिने निर्णय गरेको छ ।’