बेवारिसे अवस्थामा दुई शव फेला

de-1धनकुटा, ९ जेठ । धनकुटा नगरपालिकाको छुट्टाछट्टै स्थानमा  बेवारिसे अवस्थामा दुई शव फेला परेका छन् ।

धनकुटा नगरपालिका–२ भिरगाउँमा अन्दाजी ३५ वर्षीय एक युवाको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बेवारिसे अवस्थामा फेला परेको शवको नाम वतन खुल्न सकेको छैन ।

यसैगरी धनकुटा नगरपालिका–१० मूलघाटका ३९ वर्षीय लोकबहादुर कार्की साँगुरीगढी गाउँपालिकास्थित तमोर नदी किनारामा मृतअवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन गुमाएका कार्की गत जेठ ३ गतेदेखि घर छोडेर हिँडेका परिवारको भनाइ रहेको प्रहरीले जनाएको छ ।

दुवै शव परीक्षणका लागि जिल्ला अस्पतालमा पु¥याएको र यसवारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताए ।

 

photo

NOC1-250x300