बुढी गण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बन्ने

मङ्सिर ८,काठमाडौं : राष्ट्रिय गौरवको बुढी गण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बन्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानीमा बनाउने निर्र्णय भएको हो ।

109638843budhigandagi-photoesउपप्रधान तथा उर्जा मन्त्री कमल थापाले ट्वीटरमार्फत बुढिगण्डकी आयोजना स्वदेशी लगानी र प्रविधि उपयोग गरि निर्माण गर्ने मन्त्रिपरिषदको निर्णय भएको जानकारी दिएका छन् ।

केही साता अघि मात्रै सरकारले चिनियाँ कम्पनी गेजुवा सिजिसिजीबाट बुढीगण्डकीको लाइसेन्स खोसेको थियो । त्यस्तै केही दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा अहिलेको कामचलाउ सरकारले बुढीगण्डकीको लाइसेन्स खोस्नु गलत भएको भन्दै अफू सरकारमा गएपछि त्यसलाई उल्ट्याउने चेतावनी दिएका थिए ।

 

photo

NOC1-250x300