बाढीपीडितको विचल्ली : धमिलो पानी र चिउराको भरमा

असार २७ , सप्तरी  – आँगनमा अझै पनि डेढ फिटजति पानी छ । 

भान्छा पनि हिलाम्य, बाढीको पानीले ट्युबवेल पनि डबानमै । 

सप्तरीको मभेडियाका फागु खंगको घरको अवस्था हो यो । 

बाढी आएको १० दिन भयो घरमा चुलो बलेको छैन । राहतमा पाएको भुजा चिउराको भरमा चार बालबालिकासहित १० जनाको परिवारले दिन काटिरहेको छ । 

बस्तीको तल्लो भेगमा घर रहेको कतिपय बाढीपडित परिवारको अवस्था फागुको जस्तै छ ।

 

photo

NOC1-250x300