बागी उम्मेदवारलाई एमालेको चेतावनी

CPN-UML-party-officeकाठमाडौं ।

नेकपा एमालेले बागी उमेद्वार दिएकाहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । एमाले अनुशासन आयोगले आज विज्ञप्ति निकाल्दै बागी उमेद्वार दिएर पार्टीको विधान,पद्धती, प्रकृया र अनुशासनविरुद्ध गए कारवाही गर्ने चेतावनी दिएको हो ।

एमाले अनुशासन आयोगका अध्यक्ष अमृत कुमार बोहोराले निकालेको विज्ञप्तिमा पार्टी विरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचन गतिविधिमा सहयोग नगर्ने र पार्टीको आधिकारिक उमेद्वारविरुद्ध बागी उमेद्वार दिने जस्ता गतिविधि भएकोप्रति ध्यानकर्षण भएको उल्लेख छ ।

योग्यता क्षमता, योगदान र आवश्यकतालाई ध्यानमा राखेर उमेद्वार चयन गरि मनोनयन गरिसकेको भन्दै एमालेले सिट संख्याका कारण सबैलाई समावेश गर्न नसकेको कुरा बुझिदिन आग्रह समेत विज्ञप्तिमा गरिएको छ ।

 

photo

NOC1-250x300