बत्तीस लाखसहित पक्राउ परे चाैधरी

काठमाडौँ, १५, पुस । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले  ३२ लाख रकमसहित शुक्रबार एक भारतीयलाई पक्राउ गरेको छ ।

प्रभागबाट खटिएको टोलीले रौतहटबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २७७६ नंको गाडीमा आउँदै गरेको अवस्थामा जाँचका क्रममा भारत घर भएका सोनुकुमार चौधरीलाई हीजाे अपराह्न सो रकमसहित पक्राउ गरेको हो । प्रभागका प्रमुख केशव भट्टले स्रोत नखुलेको रकम बरामद गरिएको जानकारी दिए । चौधरीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ ।

 

photo

NOC1-250x300